images

संक्रमणकालीन न्यायसँग सम्बिन्धत विषय छिटो टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बिन्धत विषय छिटो टुंगोमा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले द्वन्द्व पीडितहरूलाई क्षतिपूर्ति र गम्भीर मानवअधिकार उल्लंघनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्ने प्रतिवद्धता जनाए ।

विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू साथै पीडितहरूको चासो समेटेर अघि बढ्ने उनको भनाइ छ । उनले जनयुद्धकै कारण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त भएको दाबी पनि गरे ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको टीप्पणी गरे । पीडितलाई न्यायको प्रतिक्षा गराउनु नहुनेमा उनको जोड छ ।

पूर्वप्रधानन्यायधीश श्रेष्ठले दिगो शान्ति ल्याउन न्यायिक आधारमा सुदृढ गर्नुपर्ने बताए ।