images

पर्यटन ऐन संशोधन गर्नुपर्नेमा मन्त्री किराँतीको जोड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने दाबी गरेका छन् ।

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीले वर्तमान पर्यटन ऐन, २०३५ सालको रहेको भन्दै उक्त ऐनलाई आवश्यकता अनुसार संशोधन गर्नुपर्नेमा जोड दिए ।

नेपालका कतिपय नीतिहरु नेपालको राष्ट्रिय हीतमा हो की होइन भनेर छुट्याउन नसकिएको उनको भनाइ छ ।

पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरु बनाउने अनि जहाजहरु नउडाउने काम भइरहेको भन्दै उनले २२ वटा विमानस्थलहरु खाली रहेको बताए ।

बैठकमा समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरे ।