images

चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य : माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्नेमा जोड दिए । यदी अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पु¥याउन नसकेको उनको भनाइ छ उनले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समिक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने बताए ।