images

हरितालिका तिजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाऔं : मन्त्री देवी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तिजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाउन आग्रह गरेका छन् ।

आगामी असोज १ गतेको हरितालिजा तिज पर्वलाई मध्यनजर गर्दै उनले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गरेका हुन् ।

शनिवार काठमाडौंमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

मन्त्री देवीले तिजले माईती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको स्मरण गरिन् । कार्यक्रममा सामाजिक क्षेत्र योगदान पु¥याएका नौ जना नारीहरुलाई सम्मान गरिएको थियो ।