images

बारामा गोली हानि एक भारतीय नागरिकको हत्या

बारा । बारामा गोली प्रहार गरेर एक भारतीय नागरिकको हत्या गरिएको छ ।

बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियास्थित पोखरी नजिक भारतको मोतिहारी दर्पा थाना–१ सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहको हत्या भएको हो ।

मृतकसँगै नम्बरप्लेट नभएको मोटरसाईकलमा नेपाल आएका मोतिहारीका सुजित कुमारसिंहले पछाडीबाट गोली प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

हत्यापछि सिंह भारततर्फ नै भागेका थिए । घट्नास्थलबाट प्रहरीले एक थान गोली र एक थान गोलीको खोका बरामद गरेको छ ।