images

नागरिक उड्डयन प्राधिकरणद्वारा दुई कम्पनीका हेलिकप्टर उडानमा रोक

काठमाडौं । उडान नियम उल्लंघन गरेपछि नागरिक उड्डयन प्राधिकरणले दुई कम्पनीका हेलिकप्टर उडानमा रोक लगाएको छ ।

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेपछि प्राधिकरणले दुई कम्पनीका ‘एएस३५० बी ३ ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणका अनुसार प्रतिबन्धमा पर्नेमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि उडानमा रोक लगाउने निर्णय गरेको हो ।

यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।