images

यू–१९ साफ च्याम्पियनसिप : उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । यू–१९ साफ च्याम्पियनसिप उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्दै छन्।

दुइ टोलि बिचको खेल अपराह्न ५ : ३० बजे दशरथ रंगशालामा हुनेछ।

दुवै टिमले ‘सडन डेथ’को सहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

सेमिफाइनलमा पाकिस्तानले भुटान र भारतले नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए।

पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो। दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका छन्।