images

 औसत भन्दा ढिला गरी मनसुन बाहिरिने, आगामी तीनचार दिन वर्षाको सम्भावना

काठमाडौं । यस बर्षको मनसुन औसत भन्दा ढिला गरी बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहे पनि औसत भन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । आज कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यो अवधिमा पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह केही बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।