images

यू-१९ एसीसी प्रिमियर कप : इरानमाथि नेपालको २७४ रनको फराकिलो जित

काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि नेपालले २७४ रनको फराकिलो जित निकालेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको इरान ७९ रनमा अलआउट भएपछि नेपालले फराकिलो जित सहित प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

नेपालका लागि कप्तान देव खनालले सतकीय पारी खेल्ने क्रममा ६० बलमा १०० रन बनाएर आउट भएका थिए । नेपालका लागि दीपक डुम्रेले ६९ र दीपक बोहराले ६५ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।

नेपालले अर्को खेल आइतबार बहराइन विरुद्ध खेल्नेछ ।