images

विश्वकप छनौट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

काठमाडौं । विश्वकप छनौट अन्तर्गत नेपाल र लाओस बीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ ।

दशरथ रङ्गशालामा बिहीबार साँझ भएको लेगको पहिलो खेलमा लाओसले खेलको ३२ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।

नेपालका लागि खेलको ४७ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।

त्यसपछि कुनै पनि टिमबाट थप गोल नभएपछि खेल बराबरीमा सकिएको हो ।

लेगको दोस्रो खेल लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा हुनेछ ।