images

राष्ट्रिय टोलीबाट आफै बाहिरिए सन्दीप : भने- ‘कठिन मोडमा छु, परिवारलाई समय दिन चाहन्छु’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् ।

नेपालले आयोजना गरिरहेको नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा लामिछाने देखिने छैनन् । सिरिजका खेलहरु कात्तिक १ देखि १० गतेसम्म हुनेछन् ।

सन्दीपले उक्त प्रतियोगिता नखल्ने निर्णय लिएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन् । ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’

यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् । अहिलेसम्म नेपाली समर्थकले दिएको साथ, सहयोग र आशिर्वादका लागि उनले धन्यवाद दिएका छन् ।