images

भोलिदेखि मनकामना केबलकार ३ दिन बन्द हुने, ९ गतेदेखि नियमित सञ्चालनमा आउने

मुग्लिन । मनकामना केबलकार दसैँमा भोलिदेखि ३ दिन बन्द हुने भएको छ ।

नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते केबलकार बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारमा केबलकारको पहिलो स्टेसन राखिएको छ ।

२०५५ सालमा स्थापित मनकामना नेपालको पहिलो केबलकार हो । रासस