images

टी–२० विश्वकप एसिया छनोट : नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको फाइनल चरणमा नेपालले सुखद सुरुवात गरेको छ ।

सोमबार टियू मैदान कीर्तिपुरमा भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको ७४ रनको अर्धशतकीय पारीको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।