images
images

टी-२० विश्वकप एसिया छनोट : नेपाल र मलेसिया भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा मंगलबार नेपाल र मलेसियाले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिता अन्तर्गत नेपालको दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन्। नेपाल समूह ‘ए’मा छ। यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्। समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन्।

प्रत्येक समूहबाट शीर्ष २/२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल जित्ने दुवै टोली विश्वकपमा छनोट हुनेछन्।

छनोटका खेलहरु मुलपानी र कीर्तिपुरमा भइरहेका छन् । प्रतियोगिता कात्तिक १९ गतेसम्म चल्नेछ ।