images

नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा, समूह विजेताको टुँगो लाग्न बाँकी

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मलेसियाले टस जितेर पहिलो ब्याटिङ गर्दै नेपाललाई १६६ रनको चुनौती दिएको थियो । नेपालले चार विकेट गुमाएर १२ बल बाँकी छँदै लक्ष्य भेटाएको थियो ।

नेपालका लागि कुशल मल्लले ६५ र कुशल भुर्तेलले ४३ रनको आक्रमक पारी खेलेका थिए ।

मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । मल्लले चौका भन्दा धेरै छक्का प्रहार गरेका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । ओमानले मंगलवार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् ।

नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका लागि मात्र प्रतिस्पर्धा हुनेछ ।