काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।
समूह बिजेता हुने टिमले सेमिफाइनलमा अर्को समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ। सेमिफाइनल विजेता दुई टोली विश्वकपमा पुग्ने छन् ।