images

टी-२० विश्वकप एसिया छनोट : ओमनविरुद्ध जितको लागि नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा ओमानले नेपाललाई १४६ रनको विजयी लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।

ओमनलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा १/१ विकेट रह्यो ।