काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतले बिहीबार मुम्बईमा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अन्तिम तीन खेल बाँकी रहदै अन्तिम चारमा पुगेको शीर्ष स्थानको भारतको ७ खेलबाट १४ अंक भएको छ ।
भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमै अलआउट भएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र महीश तक्षणाले १२-१२ रन तथा कसुन रन्थिता १४ रन जोडेका थिए ।
श्रीलंकाका अरु ८ जना ब्याट्सम्यान दोहोर अंकमा रन नबनाई भारतीय बलरसामू चल्न नसक्दा दोहोरो अंकमा रन नबनाइ आउट भएका थिए ।
बलिङमा भारतका मोहमद सामीले ५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । उनले ५ ओभरमा १ ओभर मेडन राखेका थिए । त्यस्तै मोहमद सिराजले ३ विकेट लिए भने जसप्रति बुमराह र रविन्द्र जडेजाले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३५७ रन जोडेको थियो । भारतका लागि शुभमन गिलले सर्वाधिक ९२ रन जोडे ।
त्यस्तै, विराट कोहलीले ८८ रनको योगदान गरे भने श्रेयस अय्यरले ८२ रन बनाए । श्रीलंकाको बलिङ तर्फ दिलशान मुधुशंकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिएका थिए।