images

सोमपालले एकै ओभरमा लिए दुई विकेट, युएई दबाबमा

काठमाडौं । युएई विरुद्धको खोलमा सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका छन् ।

आफ्नो दोस्रो तथा खेलको चौथो ओभर बलिङ गर्न आएका सोमपालले १ रन मात्र दिएर दुई विकेट लिएका हुन् ।

उनले १५ बलमा २५ रन बनाएका युएईका कप्तान मोहम्मद वासिमको महत्वपूर्ण विकेट लिनुका साथै ओपनर खालिद साहलाई रन आउट गरेका हुन् ।

४ ओभरको समाप्तीमा युएईले दुई विकेट गुमाएर ३० रन बनाएको छ ।