images

अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा, म्याक्सवेलले बनाए अविजित दोहोरो शतक

काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतमा अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार समूह चरणको आठौं खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो ।

९१ रन जोड्दन ७ विकेट गुमाइसकेको अवस्थामा म्याक्सवेलले अविजित २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाएका हुन् ।

व्यक्तिगत १०० रन नजोड्दै घाइते भएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्काको मद्दतमा २०१ रन जोडेर टिमलाई जिताएर मात्रै क्रिज छोडेका हुन् ।

यो सँगै उनले थुप्रै विश्व कीर्तिमान पनि बनाएका छन् । यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो भने विश्वकपमा अस्ट्रेलियाका लागि कुनै पनि खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । म्याक्सवेलले यसै विश्वकपमा उनले विश्वकपको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका छन् । २९१ रनको लक्ष्य अष्ट्रेलियाले पक्ष्याएको सबैभन्दा ठूलो लक्ष्य पनि भएको छ ।

म्याक्सवेललाई कप्तान प्याट कमिन्सले १२ रन बनाउँदै अन्तिमसम्म साथ दिए । उनले यसका लागि ६८ बलको सामना गरेका थिए ।

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेलेका थिए ।