images

ग्लोबल आईएमईका ग्राहकले डिजिटल कारोबार गर्दा तिहारको दक्षिणा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले यस वर्षको तिहारमा डिजिटल कारोबार गर्दा निश्चित क्यासब्याक पाउने भएका छन् ।

डेबिट तथा क्रेडिट कार्ड बाहकले नेपालभरका पस मेसिनमा एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३ सय वा ५ वटा कारोबारमा ५ सय रुपैयाँसम्म तिहारको दक्षिणास्वरुप क्यासब्याक पाउने बैंकले जनाएको छ ।

‘पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २५ कात्तिकदेखि २९ कात्तिक भाइटीकाको दिनसम्म रहेको छ’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले २५ -२९ कात्तिकसम्म बेलुका ५-८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड ‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।