काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले टस जितेपछि भारतलाई ब्याटिङको निम्तो दिएका हुन् ।
उनले दिउँसो विकेट सुख्खा भएको र बेलुकीको समयमा शीत पर्ने भएकाले आफूहरुले पहिला फिल्डिङ रोजेको बताए ।
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिला ब्याटिङ नै रोज्ने योजना रहेको बताएका छन् ।
घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही रहेको शर्माले बताएका छन् ।
जारी विश्वकपमा भारतले लगातार १० खेल जितेको छ । समूह चरणमा भारतले अष्ट्रेलियालाई पराजित गरेको भए पनि हेड टू हेड अष्ट्रेलिया नै अघि रहेको छ ।