images

टिकटक मुद्धाको बहसमा कानुन व्यवसायीको प्रश्न,सरकारलाई कुन कानुनले बन्देज गर्ने अधिकार दियो?

काठमाडौं। सरकारले सामाजिक सञ्जाल टिकटक माथि लगाएको प्रतिबन्ध विरुद्ध परेको रिट निवेदनमाथि बहस जारी रहेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासमा तोकिएको पेसीमा निवेदकहरुले बहस गरिरहेका छन्।

सरकारले गत कात्तिक २७ गते सरकारले शर्ट फर्म भिडियो होस्टिङ प्लेटफर्म टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै मन्त्रिपरिषद्‌बाट बन्देज लगाउने निर्णय गरेको थियो।

उक्त निर्णय विरुद्ध सर्वोच्चमा १५ थान रिट दायर भएका थिए । उक्त रिटमा निवेदकका तर्फका कानुन व्यवसायी अधिवक्ता त्रिलोकबहादुर चन्दले बहसको सुरुवात गरेका थिए। चन्दपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेलसहितले बहस गर्नेछन्। बहस क्रममा रिट निवेदकले सरकारलाई कुन कानुन बमोजिम टिकटक बन्द गरेको भन्दै प्रश्न समेत गरेका छन।

कानुन व्यवसायीले सरकारको निर्णयले संविधानको धारा १७(२)(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दाबी गर्दै अन्तरिम आदेश जारी गर्दै निर्वाध रुपमा खुला हुनुपर्ने माग गरेका छन्।