images
images

टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश जारी भएन

काठमाडौं । सरकारले टिकटक बन्द गर्ने निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउन आदेश दिएको छ।

सरकारले कार्तिक २७ गते गरेको निर्णय विरुद्ध कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता गराएका थिए। सबै रिट निवेदनलाई एकैठाउँ राखेर उक्त मुद्दामा मङ्गलवार सुनुवाइ भएको थियो।

उक्त रिट माथिको सुनुवाईपछि न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश दिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। इजलासले सरकारलाई १५ दिनभित्र कारण सहितको जवाफ पेस गर्न आदेश दिएको छ। उक्त मुद्दाको अर्को सुनुवाई आगामी मङ्सिर १९ गते तोकिएको छ।

कानुन व्यवसायीहरूको माग बमोजिम अदालतले उक्त रिटमाअन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS