काठमाडौं। विश्वकप फुटबलको छनौटमा ब्राजिललाई अर्जेन्टिनाले १–० ले पराजित गरेको हो । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो ।
खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल गर्दै जित दिलाएका हुन। खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो । जितसँगै अर्जेन्टिनाको ६ खेलमा १५ अङ्क भएको छ । अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलमा ७ अङ्क रहेको ब्राजिल छैठौँ स्थानमा रहेको छ ।
विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वेविरुद्धको खेलमा नेयमार घाईते भएर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ । ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो ।