images

हाम्रो लडाइ दुर्गा प्रसाईं भन्दा पनि राजतन्त्रसँगको होः बस्नेत

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो लडाईं दुर्गा प्रसाईं भन्दा पनि राजतन्त्र विरुद्धको भएको बताएका छन।

नेकपा एमाले निकट भातृ संगठन युवा संघको विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन। काठमाडौंको तीनकुनेमा महेश बस्नेत नेतृत्वमा बाजागाजा सहित विरोध प्रर्दश गरिरहेका छन्।

प्रदर्शन स्थलमा रहेका सञ्चारकर्मीसँगको कुराकानीमा नेता बस्नेतले भने,‘ हाम्रो लडाइ दुर्गा प्रसाईंसँग भन्दा पनि राजतन्त्रसँगको हो । आजको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रको पक्षमा हो। यो व्यवस्था परिवर्तनमा लडेका शक्तिले अहिलेको व्यवस्था जोगाउनका लागि आजको आन्दोलनमा लाग्नुपर्छ।’

उनले अराजक र व्यवस्थाविरोधीहरुलाई जवाफ दिनका लागि प्रदर्शन गर्न लागिएको पनि प्रष्ट पारे ।