images

मन्त्रीपरिषदद्वारा उपरथी पाण्डे र उर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं। मन्त्रीपरिषद्को बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीना स्वीकृत गरेको छ।

विहिबार बसेको मन्त्रिपरिषदको नियमित बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो।

प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेको उमेर विवाद परेपछि उनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । त्यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै मन्त्रिपरिषद बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ।