images
images

दुर्गा प्रसाईंलाई नजरबन्द गर्दै सरकार, घरमै सयौंको संख्यामा प्रहरी तैनाथ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बाहिर निस्कन नदिन सरकारले प्रसाईंको घरमा सयौंको संख्यामा प्रहरी तैनाथ गरेको छ। विहिबार साँझ पत्रकार सम्मेलन गरी प्रसाईंले शुक्रबारदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

प्रसाईंको उक्त अभिव्यक्तिपछि सरकारले उनको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरेको हो । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरिरहेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस अघि प्रेस विज्ञप्ति जारी गर्दै तीनकुनेमा कार्यक्रमका लागि अनुमति नदिएको भन्दैं प्रष्टाएको थियो। प्रहरीले प्रसाईंका चार जना समर्थकहरुलाई पक्राउ समेत गरेको जनाईएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS