images
images

सत्य कुरा बाहिर ल्याएपछि सकिन्छौं भनेर मलाई नजरबन्द गरियोः प्रसाईं

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले सत्य कुरा बोलेपछि आफु सकिन्छौं कि भनेर सरकारले आफूलाई नजरबन्द गरेको प्रतिक्रिया दिएका छन। सरकारले प्रसाईंलाई उनकै निवास थिमीमा बाक्लो रुपमा प्रहरी परिचालन गरेर नजरबन्द गरेपछि उनले उक्त प्रतिक्रिया दिएका हुन।

प्रसाईले भने, ‘सत्य कुरा बाहिर ल्यायो, अब हामी सकिन्छौं भनेर मलाई नजरबन्द गरियो।’ प्रसाईंले बिहिबार साँझ आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरेर शुक्रबार काठमाडौंको तीनकुनेमा जनप्रदर्शन गर्ने बताएका थिए।

शुक्रबार विहान जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक प्रेस विज्ञप्ति जारी गर्दै अराजक गतिविधि गर्न लागेको भन्दै प्रदर्शनमा रोक लगाएको थियो। प्रशासनको कुरालाई वेवास्ता गरे कानुनी कार्बाही गरिने चेतावनी समेत प्रशासनले दिएको थियो । उक्त ठाउँमा प्रदर्शनका लागि गएका प्रसाईं समर्थक २६ जना भन्दा बढीलाई प्रहरीले धरपकड गरि पक्राउ गरिसेकेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS