images
images

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं। चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाघको आक्रमणमा परि मृत्यु हुनेमा राप्ती नगरपालिका १ दुबिचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन।

घाँस काट्नका लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका ६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगिताल गएका पौडेललाई बिहान पौने १० बजे तिर बाघको आक्रमणमा परि राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

यस वर्षको साउन यता मात्रै बाघको आक्रमण परि चितवन राष्ट्रिय निकुञ्ज आसपासका तीनजनाले ज्यान गुमाइसेको सूचना अधिकारी तिवारीले जनाएका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS