images

रेशम चौधरीको आममाफीबारे कारण देखाउ आदेश जारी

काठमाडौं। टीकापुर घटनामा मुख्य अभियुक्त ठहर भएका रेशम चौधरीलाई सरकारले गरेको सजाय माफी बारे सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

सर्वाेच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।

सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रुपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर कारागारमा रहेका चौधरीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । गत जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए ।

आममाफीको निर्णयविरुद्ध प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्।ढुंगानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

यस्ताे छ आदेशः