images

निषेधित क्षेत्र घोषणा गर्नुबारे कारण देखाउ आदेश जारी

काठमाडौं। सर्वाेच्च अदालतले काठमडौंको माइतिघर देखि विभिन्न स्थानमा गरेको निषेधित क्षेत्रबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। काठमाडौं जिल्ला प्रशासनले कार्यालयले मंसीर ५ मा आदेश जारी गरेकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि अधिवक्ता स्वागत नेपालले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई विपक्षी बनाएका थिए।

रिटमा स्थानीय प्रशासनको निर्णय कानूनी शून्यतामा जारी गरिएको र स्वेच्छाचारी एवं बदनियतपूर्ण रहेको दाबी गर्दै अन्तरिम आदेशको माग गरेका थिए। तर सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।