images

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ताका लागि निवेदन


काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको भन्दै सर्वाेच्च अदालतमा परेको बन्दी प्रत्यक्षीरणको रिट फिर्ता लिनका लागि सर्वाेच्च अदालतमा निवेदन परेको छ।

गत शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई उनकै निवास भक्तपुरको थिमीमा नजरबन्द गरि राखेको भन्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

उक्त रिटको आज(आइतबार) पेशी तोकिएको भए पनि रिटकर्ता अधिवक्ता भण्डारीले अहिले प्रसाईं नजरमुक्त भईसकेकाले रिटको औचित्य नभएको भन्दै रिट फिर्ताका लागि निवेदन दिएको सर्वाेच्च अदालतका सुचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिएका छन।