images

रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक महोत्तरीमा बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्दै छ। रास्वपाको पहिलो पटक उपत्याका बाहिर संयुक्त बैठक बस्न लागेको हो। बैठक सोमबारदेखि तीनदिनसम्म चल्ने रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र सात वटै प्रदेश सभापतिहरूको समेत सहभागिता रहने भएको छ। बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिक रूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने भएका छन।