images
images

भुकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकाेटकी एक सुत्केरी महिलाको मृत्यु

काठमाडौं। भुकम्पले घर भत्काउँदा त्रिपालमुनी बस्दै आएकी जाजकोटकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो।

उनी सुत्केरी भएको करिब महिना अघि सुत्केरी भएकी थिइन। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको हो।’

चदाराले छोरीको जन्म दिएकी थिइन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS