images

कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन मंसिर १६ र १७ गते हुने

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन यहि मंसिर १६ र १७ गते हुने भएको छ। प्रदेश समिति गठन भएको पहिलो पटक कांग्रेस लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको कांग्रेसले जनाएको छ।

सम्मेलनमा पार्टी सभापति शेर बहादुर देउवा,महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा,सहमहामन्त्रीका साथै संस्थापन इतर पक्षका नेता डा शेखर कोईरालाको समेत सहभागिता रहने भएको छ। लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।

कांग्रेसको विधान अनुसार प्रदेश सभाको सम्मेलन वर्षको एकपटक अनिवार्य रुपमा बस्ने प्रावधान रहेको छ।