images

जिल्ला अदालत अगाडि यात्रुहरु आफैले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं। बबर महलस्थित काठमाडौं जिल्ला अदालत अगाडि पहिलो पटक यात्रुहरुले आफै बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट जटान गरि सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरपालिकाको १० लाख लागतमा पहिलो पटक ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा ल्याइएको हो।

यात्रुहरुले बटन थिचेपछि रातो बत्ती बल्ने छ। रातो बत्ती बलेको समयमा सवारी चालकहरुले सवारी रोक्ने भएकाले यात्रुहरु सहज रुपमा बाटो काट्न पाउने छन। एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको छ ।

त्यसैगरी महानगरले बबरमहलबाहेक ३५ स्थानमा यस प्रकारका लाइट जडानको तयारी गरेको छ । ट्राफिक प्रहरीले सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै लाइट थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।