images

कांग्रेसले एक सुखाको पनि भ्रष्टाचार गर्दिँन भन्न सक्नुपर्छः नेता थापा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले भ्रष्टाचार गर्दिँन भनेर कमस खान सक्नु पर्ने बताएका छन।

सोमबार नेपाली कांग्रेस नवलपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारले गर्दा नागरिकहरु सिंगो नेता,नेतृत्व र पार्र्टीसँग रिसाइरहेको बताए। उनले भने,‘भ्रष्टाचारको कारणले गर्दा नागरिक यो सिंगो नेता,नेतृत्व पार्टी सबसँग रिसाएको कुरा भ्रष्टाचारको कुरा छ।कांग्रेसले के भन्न सक्नु पर्छ भने नेपालमा नेपाली कांग्रेसको कारणले गर्दा हामी एक ठाउँमा पनि एक सुखाको पनि भ्रष्टाचार गर्न दिदैनौं भन्न सक्नुपर्छ।’

‘यदि कसैले गर्छ भने त्यो कांग्रेसको जति सुकै ठूलो मान्छे होस्। भ्रष्टाचार गर्ने अपराध गर्छ भने त्यसलाई दण्डित हुने अवस्था हामी बनाउँछौं महामन्त्री थापाले भने।’ संसदमा अख्यिार दुरुपयोग अनुसन्धानको कानुन बनाइरहेको बताउँदै थापाले कसैले देशवासीको ढुकुटीको पैसा ढक्छ भने प्रधानमन्त्री,भूतपूर्व प्रधानमन्त्री पाँच पुस्ता वित्दा पनि भ्रष्टाचारी जमिनमुनी लुकेको भएपनि नछोड्ने कानुन बनाउनका लागि कांग्रेस लाग्नु पर्ने बताए।