images
images

दुर्गा प्रसाईंको कार्यक्रममा झडप,धर्मगुरु आचार्य श्रीनिवास सहित दश जना पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।

सोमबार गौसालमा आयोजित कार्यक्रमलाई प्रहरीले विथोल्ने प्रयासपछि प्रसाईं समर्थक,धर्म गुरु र प्रहरीबीच झडप भएको थियो।

धर्मगुरुहरुले प्रहरीमाथि ढुंगा बर्साएपछि प्रहरीले भीडलाई नियन्त्रण गर्नका लागि अश्रुग्याँस समेत प्रहार गरेको छ। प्रहरीले उत्तेजक अभिव्यक्ति दिएकाे भन्दै धर्मगुरु आचार्य श्रीनिवास सहित दश जनालाई पक्राउ समेत गरेको प्रहरीले जनाएको छ।

प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । प्रसाईंको आन्दोलनमा धर्मगुरुलाई समेत बोलाएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS