images

सरकारले बजेट नियन्त्रण गर्दा काम गर्न संसदीय समितिहरु चलायमान भएनन्ः सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले सरकारले आवश्यक बजेट नदिँदा संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।

सोमबार संसदीय समितिका सभापतिहरुसँगको छलफलमा सभामुख घिमिरेले अतिरिक्त समयमा बस्ने बैठक खर्चमा सरकारले नियन्त्रण गर्दा काम गर्न कठिन भएको बताएका हुन्। बजेट अभाव हुँदा संसदलाई चलायमान र प्रभावकारी बनाउन नसकिएको उनले बताए ।

सभामुख घिमिरेले संसदीय समितिहरुमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै समिति सभापतिहरुलाई समन्वय गर्न पनि निर्देशन समेत दिएका छन् ।समितिहरु गठन भएको ५ महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वयको आवश्यकता नभएको स्पष्ट पारेका छन।

त्यसैगरी उपसभामुख इन्दिरा रानालेले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिका बिरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा उनले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उपसभामुख रानाले महिलाहरुलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने पनि बताइन् ।