images

सातवटै प्रदेशका गृहमन्त्री काठमाडौंमा,प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्दै

काठमाडौं। सातवटै प्रदेशका गृहमन्त्री काठमाडौंमा आएका छन्। उनीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन्। प्रहरी समायोजन लगायतका विषयमा केन्द्र सरकारले हस्तक्षेप गरेको भन्दै सरकारको ध्यानाकर्षण गर्न खोजेको हुन।

प्रहरी समायोजन प्रक्रियामा प्रदेश गृहमन्त्रीको असन्तुष्टि बढ्दै गएको देखिन्छ। संघीय सरकारले प्रहरी समायोजन ऐन नबनाउँदै मधेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने उद्देश्यसहित प्रदेश प्रहरी ऐन २०७५ बनाएको थियो ।

प्रहरी भर्नाबारे तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसँग मधेश सरकारको रस्साकस्सी चल्यो । प्रधानमन्त्री ओलीले ‘ओभरटेक’ गरेर प्रहरी भर्ना गरे देश दुर्घटनातिर जानसक्ने चेतावनी दिएपछि मधेशका तत्कालिन मुख्यमन्त्री लालबाबु राउत रोकिएका थिए ।