images

सेयर बजार परिसूचक सामान्य अंकले गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले गिरावट आएको छ। वित्त, होटल, जलविद्युत, उत्पादनमूलक र म्युचुअल फन्ड उपसमूह बढे पनि बैंक, विकास बैंकलगायतका ८ समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक २ दशमलव १७ अंकले घटेर १८ सय ९४ अंकमा झरेको हो ।

मंगलबार २ सय ९० कम्पनीको सेयर किनबेच हुँदा १ सय २ कम्पनीले कमाए । कमाउने कम्पनीको शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, अभियान लघुवित्त र श्वेतगंगा हाइड्रोपावर रहे ।

बजारमा १ अर्ब २८ करोड रुपैयाँबराबरको कारोबार भएको छ । यो रकम सोमबारको तुलनामा कम हो । सोमबार १ अर्ब ६९ करोड बराबरको सेयर किनबेच भएको थियो ।