images

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक आदेशविरुद्धको पूनरावेदन हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पूनरावेदन हेर्दाहेर्दैमा राखिएको छ ।

उच्च अदालत पाटनमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । बुधबार सरकारी वकिलको बहस भने सकिएको छ । सरकारी वकिलहरु सहन्याधिवक्ता शंकर खत्री तथा महेश खत्री, उपन्यायाधिवक्ता प्रकाश न्यौपाने र सहायक न्यायाधिवक्ता ममता श्रेष्ठले बहस बहस गरेका थिए ।

उक्त मुद्धाको बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा आदेश खारेज गर्ने भन्ने निर्णय सुनाउनेछ ।

जिल्ला अदालत, काठमाडौंले अभियुक्तहरूलाई असार १ गते थुनामा पठाउने आदेश दिएको थियो। त्यस विरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावेदन गरेका हुन्।