images

निर्वाचन आयोगका पदाधिकारीले सातदिनको पारिश्रमिक भूकम्प प्रभावितलाई प्रदान गर्ने

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले ७ दिनको पारिश्रमिक जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्ने भएका छन् ।

आयोगको बुधबार बसेको बैठकले तत्काल राहतको लागि नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्ममा गर्ने निर्णय गरेका हुन।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पाँचै जना पदाधिकारीले ७ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको हो ।

साथै आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन दिन, उपसचिव र शाखा अधिकृतबाट दुई दिन र त्योभन्दा मूनिका कर्मचारीबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।