images

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाए भ्रष्टाचार मुद्धामा सफाई

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । पाकिस्तानको एक उच्च अदालतले पूर्वप्रधानमन्त्री सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग खारेज गरिदिएको हो ।

आगामी फेब्रुअरीमा हुने चुनावअघि आफ्नो नाम सफाइ दिने प्रयासमा भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका सरिफ अहिले जमानतमा छन् भने उनका मुख्य प्रतिद्वन्द्वी इमरान खान जेलमा छन् । इस्लामाबाद उच्च अदालतका एक अधिकारीले एउटा मुद्दामा सफाइ पाएको पुष्टि गरेका छन् भने शरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायका लागि अपिल गरेका छन् । सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लण्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै उनलाई राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो । तीन पटक प्रधानमन्त्री भइसकेका तर कार्यकाल पूरा नगरेका सरिफले यो आरोप राजनीतिक प्रर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन् ।