images

प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान, कार्यवहाक प्रधानमन्त्रीमा खड्का

काठमाडौं । प्रधानमन्त्री दाहाल कोप–२८ मा सहभागी हुन दुबइ प्रस्थान गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको हो ।

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदैछ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ ।

जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्नेछ ।

प्रधानमन्त्री दाहाल भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेका हुन् ।