images

भूकम्प पीडितहरुलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिइनुपर्नेमा जोड दिएका छन। महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताएका छन।

थापाले बुधबार नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको छलफलमा, सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको पचास हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने भन्ने निर्णय भएको उल्लेख गर्दै सोही अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेटेर जानकारी गराएको उल्लेख गरेका छन।

उनले भनेका छन, यदि डर रकम दुरुपयोगको हो भने पनि त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिन्छ तर अहिलेको भुक्तानी प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो भयो भने उपयुक्त समय भित्र अस्थायी घर नबन्ने सम्भावना रहन्छ। त्यस कारण भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने रकम दुई किस्ता नभई एकमुष्ट दिँदा उचित हुने हाम्रो धारणा हो।

उनले प्रधानमन्त्रीले आफूहरुले भने बमोजिम बन्दोबस्त गर्ने विश्वास दिलाएको जनाएका छन।