images

नेपालमा पहिलो पटक समलिंगी समलिंङ्गी विवाहलाई कानुनी मान्यता

काठमाडौं। नेपालमा पहिलो पटक समलिंगी विवाहलाई कानुनी मान्यता दिइएको छ। विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । दोर्दी–२ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेको बुधबार वडा कार्यालयले विवाह दर्ता गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । विवाह दर्तामा मायालाई दुलही र सुरेन्द्रलाई दुलहा उल्लेख गरिएको छ ।

मुलुकी देवानी संघीता २०७४ बमोजिम प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रहि विवाह गर्ने स्वतन्त्र भएता पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जोडीहरूले विवाहको कानुनी मान्यता पाउन सकेका थिएनन् ।

उक्त प्रावधानमा रहेर गत जेठमा समलिंगी विवाहलाई वैधता दिन माग गर्दै नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिन् ।

उक्त रिटमा सुनुवाइ गर्दै गत असार १२ मा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यौनिक तथा लैंगिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गरेको थियो ।