images

पश्चिमी जिल्ला बैतडीको झुलाघाटबाट भयो एमालेको संकल्पयात्रा

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को  ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाटबाट सुरू भएको छ।

बिहीबार विहान पश्चिमी सीमाना झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गरेका छन्।यात्रा शुभारम्भ मन्तव्य एमाले सुदुरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव छविलाल बिश्वकर्माले गरेका थिए। अध्यक्ष ओलीलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै यात्रा शुभारम्भ भएको घोषणा संगै सुरु गरिएको थियो भने, अध्यक्ष ओलीले नेपाली झण्डा झण्डोत्तोलन  गरेर सङ्कल्प यात्रा सुरुवाता गरेका हुन्।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए। राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने बताएका छन।

सङ्कल्प यात्रा उद्घाटनपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बैतडीले जनाएको छ। आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको छ।

बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिने छ। झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्न हिँडेको एमालेले राजमार्गका ४९ बढी ठाउँमा सानाठूला सभाको आयोजना गर्नेछ।