images

कांग्रेस प्रचण्डपथको भरिया बन्योः अध्यक्ष ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई प्रचण्डपथमा पुगेको संज्ञा दिएका छन।

शुक्रबार नेकपा एमालेले सुरु गरेको मध्य पहाडी लोकमार्ग पथ यात्राका क्रममा ओलीले उक्त आरोप लगाएका हुन। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला पुगेर अध्यक्ष ओलीले कांग्रेस प्रचण्डको भरिया भएको बताएका हुन। उनले भने,’अहिले मोटामोटी रुपमा यो सरकार प्रचण्डपथमा हिंड्न खोजेको छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको छ।’ 

अध्यक्ष ओली यतिमा मात्रै रोकिएनन् उनले सरकार हल्लिइरहेको समेत बताए उनले थपे,’कर्‍याकमर्‍याक भइरहेको छ यो सरकार कुनै समय ढल्न सक्छ । यो गठबन्धनका छेस्काले टिकाएको सरकार हो ।’